संक्षिप्त परिचय

नेपालका पुराना नगरपालिकाहरुमध्ये एक, बुटवल उप-महानगरपालिका, पश्चिमान्चल विकास क्षेत्रको लुम्बिनी अंचलको रुपन्देही जिल्लामा पर्दछ। देशका प्रमुख राजमार्गहरु महेन्द्र राजमार्ग तथा सिद्धार्थ राजमार्ग को संगम स्थलमा रहेको यस उप-महानगरपालिका विक्रम सम्बत २०१६ सालमा स्थापना भएको हो। नेपाल सरकार, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा विक्रम सम्बत २०७१ मङ्सिर १६ गते बुटवल नगरपालिकाबाट बुटवल उप-महानगरपालिकामा स्तरोन्नति भएको यस क्षेत्रको पुर्वपट्टि देवदह नगरपालिका रहेको छ, पश्चिमपट्टि सैनामैना नगरपालिका रहेको छ, उत्तरपट्टि पाल्पा जिल्लाको दोभान गाविस रहेको । त्यसैगरी दक्षिणपट्टिको सिमानाको रुपमा खडवा वनगाई गाविस, सौ फर्साटिकर गाविस र तिलोत्तमा नगरपालिका रहेका छन्।
तिनाउ नदिको किनारमा अवस्थित बुटवलको उच्चतम तापमान ४५ डिग्री सेल्सिअस सम्म पुग्दछ भने न्युनतम तापमान ७ डिग्री सेल्सिअस सम्म पुग्ने गरेको रेकर्ड गरिएको छ। लुम्बिनी अंचलको प्रशासनिक सदरमुकामको रुपमा रहेको बुटवल उप-महानगरपालिकाभित्रको जनसंख्या  करिब डेढ लाखको हाराहारीमा पुगेको पाइन्छ। विक्रम सम्बत २०६८ को जनगणना अनुसार यस क्षेत्रको कुन जनसंख्या १३८७४२ रहेको थियो जसमध्ये ६८२८८ जना पुरुष थिए भने ७९४५४ जना महिला थिए।

भौगोलिक क्षेत्र:

विकास क्षेत्र - पश्चिमाञ्चल ।
अञ्चल - लुम्बिनी ।

जिल्ला - रुपन्देही ।
नगरपालिका - बुटवल ।

संसदिय निर्वाचन क्षेत्र नं. - ३
स्थापना वर्ष- २०१६।११।३
वडा संख्या - २२  
न.पा.को क्षेत्रफल - १०१.६१३ वर्ग कि.मि.
 

जनसंख्या

न.पा. भित्रको कूल जनसंख्या-- १३८७४२
कूल पुरुष संख्या - ६८२८८ 
कूल महिला संख्या - ७९४५४
राष्ट्रिय जनगणना - २०६८ बमोजिम

 

वडा. नं.  जनसंख्या 
९८०
२  १०५३
३  १३३७ 
4 ६४८७ 
५  १०८४२ 
६  ९६०३ 
३२०२ 
८  ६७८७ 
९  १०५९७ 
१०  ११९४२ 
११  ९१७० 
१२  ४३६१ 
१३ २८१९३ 
१४  ६५४२ 
१५  ७३६६ 
१६  ३५६६ 
१७  ३५८२ 
१८  २९३४ 
१९  ४०१८ 
२०  २५८२ 
२१  २०४३ 
२२  १५५५ 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

बु.न.पा.को सिमाना

पूर्व     - देवदह नगरपालिका, रुपन्देही 
पश्चिम  - सैनामैना नगरपालिका, रुपन्देही 
उत्तर    - दोभान गा.वि.स. -पाल्पा
दक्षिण  - खडवा वनगाई गाविस, सौ फर्साटिकर गाविस र तिलोत्तमा नगरपालिका,रुपन्देही 

तापक्रम
न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस देखि 
अधिकतम ४५ डिग्री सेल्सियस सम्म

 

बसोवास गर्ने मुख्य जाति
ब्राम्हण, क्षेत्री, नेवार, गुरुङ्ग, मगर, ठकुरी, थारु, थकाली आदि ।

 

धर्म 
हिन्दु, बौद्ध, मुस्लिम, शिख, क्रिश्चियन, आदि ।
 

महत्पूर्ण धार्मिक स्थल 
सिद्धबाबा, गणेश मन्दिर, नारायणस्थान, राधाकृष्ण मन्दिर, कालिका मन्दिर, राममन्दिर, भुवनेश्वरी मन्दिर, बौद्ध गुम्बा, पद्यम चैत्य विहार आदि ।

ऐतिहासिक स्थल
रामापिथेकस अवशेष स्थल, जितगढी किल्ला, मणिमुकुन्द सेन दरवार आदि ।
 

पर्यटकिय स्थल 
मणिमुकुन्द सेन पार्क, हिलपार्क आदि ।
 

अस्पताल
लुम्बिनी अंचल अस्पताल 
सिद्धार्थ बाल तथा महिला अस्पताल 
लुम्बिनी अंचल आयुर्वेदिक अस्पताल 
लायन्स आंखा अस्पताल 
लुम्बिनी नर्सिङ्ग होम 
बुटवल हस्पिटल प्रा.लि.