बुटवल उपमहानगरपालिका कार्यालयको उप–महानगरवासीहरुमा हार्दिक अपिल

आदरणीय बुटवल उप–महानगरवासी महानुभावहरु,

बुटवल उपमहानगरपालिकाले उपमहानगरको समग्र सुन्दरताका लागी सरसफाई र फोहर ब्यवस्थापन निरन्तर रुपमा गरी रहेको छ । बिगत केहि दिन यता ईन्धनको अप्रयाप्तता र जनशक्तिको न्यूनता समेतका कारणले दैनिक सरसफाई र फोहर ब्यवस्थापनमा केहि कठिनाई उत्पन्न भई रहेको छ । यसै बिच वडादशै, दिपावली र छठ पर्व समेतका महानपर्वहरु समेत परेकोले फोहर उत्पादनमा बृद्धी हुने तर त्यसको ब्यवस्थापनमा यथोचित बन्दोबस्ती मिलाउन थप कठिनाई हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै बुटवल उपमहानगरपालिका कार्यालय सम्पुर्ण उपमहानगरवासी,उद्योगी, ब्यापारी, ब्यवसायीहरुलाई फोहर उत्पादन न्युन गर्न,सडक नाली, चौक चौराह कहि कतै अनुचित र अनुपयुक्त तरिकाले फोहर नफ्याक्न तथा सकेसम्म आफ्नो फोहर आफै ब्यवस्थापन गरी सहयोग गर्न हार्दिक अपिल गर्दछ ।      

बुटवल उपमहानगरपालिका कार्यालय , बुटवल 

 

Show on Slider: 
1