FAQs Complain Problems

नयाँ विषयहरु

बुटवल उप-महानगरपालिका कार्यालयको सार्वजनिक सुनुवाई सम्बन्धि सूचना

बुटवल उप-महानगरपालिका कार्यालयले चालु आ.व. २०७२/०७३ को पहिलो चौमासिक सम्ममा प्रदान/प्रवाह गरिएका सेवा तथा संचालन गरिएका योजना तथा कार्यक्रमका सन्दर्भमा सेवाग्राहीहरुको सल्लाह, सुझाव, गुनासा तथा जनअभिमत संकलन गरि प्राप्त सुझाव तथा सल्लाहलाई आत्मसात गरि आगामी दिनमा सुधार गर्दै जाने अभिप्रायका साथ स्थानीय निकाय सार्वजनिक सुनुवाई निर्देशिका २०६७ बमोजिम निम्न मिति,समय र स्थानमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएकोले उक्त कार्यक्रममा क्रियाशील राजनैतिक दलका प्रतिनिधिहरु, टोल विकास संस्थाका प्रतिनिधिहरु, गैरसरकारी संस्थाका प्रतिनिधिहरु, महिला, आदिवासी, जनजाति, अपाङ्गता भएका व्यक्तिहरु, दलित, ज्येष्ठ नागरिक, पछाडी परेका वर्ग लगायत सरोकारवाला सबैको उपस्थितिको लागि अनुरोध छ।

तपसिल

सार्वजनिक सुनुवाई कार्यक्रम 

मिति: २०७२/०७/२२ गते आइतबार 

समय: दिनको १:०० बजे 

स्थान: बु.उ.म.न.पा. कार्यालयको सभाहल 

Show on Slider: 
1