नयाँ विषयहरु
फुलबारी निर्माणका लागि सम्झौता
गोलपार्कदेखी योगीकुटी र पुष्पलाल पार्कदेखी तिनाउपुलसम्मको राजमार्गका डिभाइडरहरुमा एउटै डिजाइनको फुलबारी बनाउने उद्देश्य अनुरुप आज बुटवल उपमहानगरपालिका र शाइन रेसुङ्गा डेभलेपमेन्ट बैक लि. बिचमा करिब ३०० मिटर क्षेत्रफल र बसपार्कको त्रिभुज पार्कमा फुलबारी निर्माणका लागि सम्झौता भएको छ ।
यस्तै गरी कोरोना महामारीको कारणले उत्पन्न भएको असहज परिस्थितीलाई मध्यनजर गर्दै लामो तथा छोटो दुरीका यात्रुवाहक सवारीसाधनलाई निसंक्रमिकरण गर्ने उद्देश्यअनुरुप बुटवल उपमहानगरपालिका, पश्चिम नेपाल बस व्यवसायी कम्पनी लि. र रोटरी क्लब अफ बुटवलको सहकार्यमा लुम्बिनी बस टर्मिनलमा निसंक्रमिकरण निर्माण तथा सञ्चालन गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।