FAQs Complain Problems

नयाँ विषयहरु

बुटवल उ.म.न.पा. र स्थानीय सेवा प्रदायक बीच सामाजिक परिचालन कार्यक्रमका लागी सम्झौता सम्पन्न ।

LSP_Contract

मिति २०७१ साल माघ २६ गते बुटवल उपमहानगरपालिका र स्थानीय सेवा प्रदायक बीच सामाजिक परिचालन कार्यक्रमका लागी सम्झौता सम्पन्न भएको छ । सो कार्यक्रममा सामाजिक कल्याण महाशाखाका वरिष्ठ अधिकृत भुवा प्रसाद लुइंटेल, शाखा अधिकृत दामोदर ज्ञवाली, शाखा अधिकृत डोलराज पौडेल उपस्थित हुनुहुन्थ्यो । नगर शासन विज्ञ बिबेक राज बस्यालले समन्वयात्मक भूमिका निर्वाह गर्नुभएको उक्त कार्यक्रममा छनौट भएका स्थानीय सेवा प्रदायक संस्था सेतो गुराँस बाल विकास सेवा, रुपन्देही र तराई दलित सरोकार केन्द्र, रुपन्देहीका प्रतिनिधिहरु समेत उपस्थित हुनुहुन्थ्यो ।