FAQs Complain Problems

ग्यालरी

बुटवलले मुलुकमै पहिलो पटक स्थानीय सरकारको रुपमा नगर प्रहरीलाई प्रहरी तालिम केन्द्र मार्फत पेशागत, सैद्धान्तिक र व्यवहारिक लगायत प्रहरीको आधारभूत तालिम दिदै नगर प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान गरी दिक्षित गर्ने काम गरेको छ ।

, ,

मित्रराष्ट्र चिनको प्रमुख शहर सियानका सीपीसीका सेक्रेटरी डिङ हेङ, सियान नगरका विदेश विभाग हेर्ने डाई बाईफेई र प्राध्यापक मिस नाए जिङ्सीलाई बुटवल उपमहानगरमा स्वागत गरिएको छ ।उक्त टोलीले हिलपार्क, जितगढी लगायत क्षेत्रको अवलोकन गर्नुका साथै बुटवलको आवधिक र दीर्घकालीन महत्वका योजनाहरुका बारेमा जानकारी लिंदै सहकार्य गर्न सकिने क्षेत्रहरुका बारेमा थप छलफल गरिने बताएको छ ।

, , ,

बुटवल उप-महानगरपालिकामा रहेका रोटरी, रोटयाक्ट, लायन्स, जेसिज, लियो, इनरहिवल लगायत क्लबहरुसंगको छलफलमा बुटवलमा हरियाली प्रवर्द्धन गर्ने विषयमा कार्ययोजना निर्माण गरी अगाडी बढ्ने साझा प्रतिबद्धता व्यक्त भएको छ ।

,

डेंगु रोग नियन्त्रण गर्न वडा न‌ १९ मा वडाका जनप्रतिनिधीहरु ज्यू, स्वयं सेविका,टाेल अध्यक्षहरुकाे सहभागीतामा २३ र २४ गते डेंगुको बासस्थान खोज र नष्ट गर अभियान ।

,

बुटवल उपमहानगरपालिका र बेलायत सरकारको अन्तराष्ट््िरय विकास मन्त्रालय बीच आर्थिक विकास, पूर्वाधार विकास र संस्थागत क्षमता विकासको क्षेत्रमा काम गर्ने गरी शहरी उत्थानशिलता परियोजनामा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालयका स्थायी सचिव म्याथु रिक्रफ्टले हस्ताक्षर गर्नुभएको छ

, ,

५ लाख सम्मको योजनाको लगत स्टिमेट, स्विकृत र सम्झौता समेत वडाबाट नै हुने गरी एक वडा एक प्राविधिकको व्यवस्था गरिएको छ साथै उपभोक्ता तथा जनसरोकारवालाहरुको समेत मागलाई ध्यानमा राख्दै लागत स्टिमेट नेपालीमा तयार पारिएको छ ।

, ,

विद्यालय खाजा कार्यक्रमलाई व्यवस्थित गर्न चमेना गृह सञ्चालनमा रहेका उपमहानगरपालिका करिब २० वटा सामुदायिक विद्यालयहरुमा मकै भुट्ने उपकरण उपलब्ध गराईएको छ ।

,

बुटवल उपमहानगरपालिकाको साना किसान प्रोत्साहन कार्यक्रम अन्र्तगत उपप्रमुख गुमादेवी आर्चायले मोतिपुर, सेमलारलगायतका स्थानहरुमा रहेका ५२ वटा गाई फार्म तथा गाई पालक समूहलाई ११६ वटा काउम्याट वितरण गर्नुभएको छ ।

,

जितगढी किल्ला : हाम्रो राष्ट्रिय पहिचान,बुटवलको शान
बुटवल उपमहानगरपालिकाको वडा नं १ मा रहेको ऐतिहासिक सम्पदा जितगढी किल्लाको संरक्षण गर्दै गुरुयोजना बनाउने काम भइरहेको छ । त्यहाँ बन्ने गुरुयोजनाको प्रारम्भिक मस्यौदाका बारेमा आज बुटवलमा छलफल र सुझाव संकलन भएको छ । पर्यटन विकासका लागि स्थानीयले अपनत्व गर्ने र स्थानीय बासिन्दाको समृद्धिसंग जोडिने गरि विकासका कामहरु अगाडि बढाइने प्रमुख शिवराज सुवेदीले बताउनुभयो । कार्यक्रममा सहभागी विज्ञ, अगुवा तथा सरोकारवालाहरुले पर्यटनलाई समृद्धिको बलियो आधारका रुपमा लिनुपर्ने बताउँदै बुटवल उपमहानगरले सुरु गरेको काम सराहनीय र ऐतिहासिक रहेको भन्दै प्रशंसा गर्नुभयो । साथै बुटवलको विकासको संकल्पलाई साकार पार्नका लागि आफुहरु सहकार्य गर्न तयार रहेको उहाँहरुको भनाइ थियो ।

, , ,

बुटवल उपमहानरपालिकाको नगरसभाको पाँचौं अधिवेशनमा
आज मिति २०७६ असार ९ गते नीति कार्यक्रम प्रस्तुत गरिएको छ ।

, , , ,