FAQs Complain Problems

संक्षिप्त परिचय

नेपालका पुराना नगरपालिकाहरुमध्ये एक, बुटवल उप-महानगरपालिका, लुम्बिनी प्नदेशको रुपन्देही जिल्लामा पर्दछ। देशका प्रमुख राजमार्गहरु महेन्द्र राजमार्ग तथा सिद्धार्थ राजमार्ग को संगम स्थलमा रहेको यस उप-महानगरपालिका विक्रम सम्बत २०१६ सालमा स्थापना भएको हो। नेपाल सरकार, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा विक्रम सम्बत २०७१ मङ्सिर १६ गते बुटवल नगरपालिकाबाट बुटवल उप-महानगरपालिकामा स्तरोन्नति भएको यस क्षेत्रको पुर्वपट्टि देवदह नगरपालिका रहेको छ, पश्चिमपट्टि सैनामैना नगरपालिका रहेको छ, उत्तरपट्टि पाल्पा जिल्लाको दोभान गाविस रहेको । त्यसैगरी दक्षिणपट्टिको सिमानाको रुपमा खडवा वनगाई गाविस, सौ फर्साटिकर गाविस र तिलोत्तमा नगरपालिका रहेका छन्।
तिनाउ नदिको किनारमा अवस्थित बुटवलको उच्चतम तापमान ४५ डिग्री सेल्सिअस सम्म पुग्दछ भने न्युनतम तापमान ७ डिग्री सेल्सिअस सम्म पुग्ने गरेको रेकर्ड गरिएको छ। लुम्बिनी अंचलको प्रशासनिक सदरमुकामको रुपमा रहेको बुटवल उप-महानगरपालिकाभित्रको जनसंख्या  करिब डेढ लाखको हाराहारीमा पुगेको पाइन्छ। विक्रम सम्बत २०७८ को जनगणना अनुसार यस क्षेत्रको कुन जनसंख्या १,९५,०५४ रहेको छ  जसमध्ये ९५,७०५ जना पुरुष थिए भने ९९,३४९ जना महिला छन्।

 

भौगोलिक क्षेत्र:

लुम्बिनी प्रदेश

जिल्ला - रुपन्देही ।
नगरपालिका - बुटवल ।

स्थापना वर्ष- २०१६।११।३
वडा संख्या - १९   
न.पा.को क्षेत्रफल - १०१.६१३ वर्ग कि.मि.
 

 

जनसंख्या

न.पा. भित्रको कूल जनसंख्या-- १,९५,०५४
कूल पुरुष संख्या - ९५,७०५
कूल महिला संख्या - ९९,३४९
राष्ट्रिय जनगणना - २०७८ बमोजिम

 

बु.न.पा.को सिमाना

पूर्व     - देवदह नगरपालिका, रुपन्देही 
पश्चिम  - सैनामैना नगरपालिका, रुपन्देही 
उत्तर    - तिनाउ गाँउपालिका -पाल्पा
दक्षिण  - सुद्धोधन गाँउपालिका र तिलोत्तमा नगरपालिका,रुपन्देही 

तापक्रम
न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस देखि 
अधिकतम ४५ डिग्री सेल्सियस सम्म

 

बसोवास गर्ने मुख्य जाति
ब्राम्हण, क्षेत्री, नेवार, गुरुङ्ग, मगर, ठकुरी, थारु, थकाली आदि ।

 

धर्म 
हिन्दु, बौद्ध, मुस्लिम, शिख, क्रिश्चियन, आदि ।
 

महत्पूर्ण धार्मिक स्थल 
सिद्धबाबा, गणेश मन्दिर, नारायणस्थान, राधाकृष्ण मन्दिर, कालिका मन्दिर, राममन्दिर, भुवनेश्वरी मन्दिर, बौद्ध गुम्बा, पद्यम चैत्य विहार आदि ।

ऐतिहासिक स्थल
रामापिथेकस अवशेष स्थल, जितगढी किल्ला, मणिमुकुन्द सेन दरवार आदि ।
 

पर्यटकिय स्थल 
मणिमुकुन्द सेन पार्क, हिलपार्क आदि ।
 

अस्पताल
लुम्बिनी प्रादेशिक अस्पताल 
सिद्धार्थ बाल तथा महिला अस्पताल 
लुम्बिनी आयुर्वेद चिकित्सालय
लायन्स आंखा अस्पताल 
लुम्बिनी नर्सिङ्ग होम 
बुटवल हस्पिटल प्रा.लि.