नयाँ विषयहरु
जितगढी किल्ला : हाम्रो राष्ट्रिय पहिचान
जितगढी किल्ला : हाम्रो राष्ट्रिय पहिचान,बुटवलको शान
बुटवल उपमहानगरपालिकाको वडा नं १ मा रहेको ऐतिहासिक सम्पदा जितगढी किल्लाको संरक्षण गर्दै गुरुयोजना बनाउने काम भइरहेको छ । त्यहाँ बन्ने गुरुयोजनाको प्रारम्भिक मस्यौदाका बारेमा आज बुटवलमा छलफल र सुझाव संकलन भएको छ । पर्यटन विकासका लागि स्थानीयले अपनत्व गर्ने र स्थानीय बासिन्दाको समृद्धिसंग जोडिने गरि विकासका कामहरु अगाडि बढाइने प्रमुख शिवराज सुवेदीले बताउनुभयो । कार्यक्रममा सहभागी विज्ञ, अगुवा तथा सरोकारवालाहरुले पर्यटनलाई समृद्धिको बलियो आधारका रुपमा लिनुपर्ने बताउँदै बुटवल उपमहानगरले सुरु गरेको काम सराहनीय र ऐतिहासिक रहेको भन्दै प्रशंसा गर्नुभयो । साथै बुटवलको विकासको संकल्पलाई साकार पार्नका लागि आफुहरु सहकार्य गर्न तयार रहेको उहाँहरुको भनाइ थियो ।