नयाँ विषयहरु
संक्षिप्त परिचय
नेपालका पुराना नगरपालिकाहरुमध्ये एक, बुटवल उप-महानगरपालिका, लुम्बिनी प्नदेशको रुपन्देही जिल्लामा पर्दछ। देशका प्रमुख राजमार्गहरु महेन्द्र राजमार्ग तथा सिद्धार्थ राजमार्ग को संगम स्थलमा रहेको यस उप-महानगरपालिका विक्रम सम्बत २०१६ सालमा स्थापना भएको हो। नेपाल सरकार, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा विक्रम सम्बत २०७१ मङ्सिर १६ गते बुटवल नगरपालिकाबाट बुटवल उप-महानगरपालिकामा स्तरोन्नति भएको यस क्षेत्रको पुर्वपट्टि देवदह नगरपालिका रहेको छ, पश्चिमपट्टि सैनामैना नगरपालिका रहेको छ, उत्तरपट्टि पाल्पा जिल्लाको दोभान गाविस रहेको । त्यसैगरी दक्षिणपट्टिको सिमानाको रुपमा खडवा वनगाई गाविस, सौ फर्साटिकर गाविस र तिलोत्तमा नगरपालिका रहेका छन्।
तिनाउ नदिको किनारमा अवस्थित बुटवलको उच्चतम तापमान ४५ डिग्री सेल्सिअस सम्म पुग्दछ भने न्युनतम तापमान ७ डिग्री सेल्सिअस सम्म पुग्ने गरेको रेकर्ड गरिएको छ। लुम्बिनी अंचलको प्रशासनिक सदरमुकामको रुपमा रहेको बुटवल उप-महानगरपालिकाभित्रको जनसंख्या करिब डेढ लाखको हाराहारीमा पुगेको पाइन्छ। विक्रम सम्बत २०७८ को जनगणना अनुसार यस क्षेत्रको कुन जनसंख्या १,९५,०५४ रहेको छ जसमध्ये ९५,७०५ जना पुरुष थिए भने ९९,३४९ जना महिला छन्।
भौगोलिक क्षेत्र:
लुम्बिनी प्रदेश
जिल्ला - रुपन्देही ।
नगरपालिका - बुटवल ।
स्थापना वर्ष- २०१६।११।३
वडा संख्या - १९
न.पा.को क्षेत्रफल - १०१.६१३ वर्ग कि.मि.
जनसंख्या
न.पा. भित्रको कूल जनसंख्या-- १,९५,०५४
कूल पुरुष संख्या - ९५,७०५
कूल महिला संख्या - ९९,३४९
राष्ट्रिय जनगणना - २०७८ बमोजिम
बु.न.पा.को सिमाना
पूर्व - देवदह नगरपालिका, रुपन्देही
पश्चिम - सैनामैना नगरपालिका, रुपन्देही
उत्तर - तिनाउ गाँउपालिका -पाल्पा
दक्षिण - सुद्धोधन गाँउपालिका र तिलोत्तमा नगरपालिका,रुपन्देही
तापक्रम
न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस देखि
अधिकतम ४५ डिग्री सेल्सियस सम्म
बसोवास गर्ने मुख्य जाति
ब्राम्हण, क्षेत्री, नेवार, गुरुङ्ग, मगर, ठकुरी, थारु, थकाली आदि ।
धर्म
हिन्दु, बौद्ध, मुस्लिम, शिख, क्रिश्चियन, आदि ।
महत्पूर्ण धार्मिक स्थल
सिद्धबाबा, गणेश मन्दिर, नारायणस्थान, राधाकृष्ण मन्दिर, कालिका मन्दिर, राममन्दिर, भुवनेश्वरी मन्दिर, बौद्ध गुम्बा, पद्यम चैत्य विहार आदि ।
ऐतिहासिक स्थल
रामापिथेकस अवशेष स्थल, जितगढी किल्ला, मणिमुकुन्द सेन दरवार आदि ।
पर्यटकिय स्थल
मणिमुकुन्द सेन पार्क, हिलपार्क आदि ।
अस्पताल
लुम्बिनी प्रादेशिक अस्पताल
सिद्धार्थ बाल तथा महिला अस्पताल
लुम्बिनी आयुर्वेद चिकित्सालय
लायन्स आंखा अस्पताल
लुम्बिनी नर्सिङ्ग होम
बुटवल हस्पिटल प्रा.लि.