FAQs Complain Problems

ग्यालरी

बुटवल उपमहानगरपालिकाको कार्यालयमा खोलिएको राष्ट्रिय बाणिज्य बैंकको  काउण्टर मंगलबार नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभयो ।
काउण्टरको उद्घाटन गर्दै पाण्डेयले उपमहानगरपालिकाको राजस्व संकलनका साथसाथै बुटवल बजार क्षेत्रलाई समेत लाभ हुने बताउनुभयो ।
‘बुटवलको यस आसपासको बजार क्षेत्रलाई समेत यो काउण्टरले सेवा दिन सक्नुपर्छ’–उहाँले भन्नुभयो । उहाँले बैंकले विपन्न परिवारलक्षित कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।

, , , , ,

बुटवल उपमहानगरपालिका र प्रक्रियाबाट छनौट भएको रुपन्देही पारवहन प्रा. लि. का बीचमा करिब २४ करोडको लगानीमा बुटवलमा ढुवानीग्राम (ट््रान्सपोर्ट भिलेज) निर्माणका लागि सम्झौता भएको छ । बुटवलको वडा न. १२ मा बन्ने उक्त मालवाहक गाडीहरुको ढुवानीग्रामको गुरुयोजना निर्माण गर्ने काम समेत सम्पन्न भएको छ ।

, ,

बेसहारा अशक्त असाहय सहयोगापेक्षी सडकआश्रित मानवमुक्त बुटवल उप महानगरपालिका ऐतिहासिक घोषणा एवं प्रतिबद्दता सभा अगाडी को शान्तिपूर्ण एवं सन्देशमूलक पैदल यात्रा
साथ एवं एक्यवद्दताको लागि सम्पूर्ण नगरवासीमा धेरैधेरै धन्यवाद !
जय मानवसेवा - जय मानवता।

, , , ,

बुटवलको ईतिहासमा नयाँ उपलब्धी

चीनका सम्माननीय राष्ट्रपति सि जिंगपिंग र नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको विशेष समुपस्थितिमा चीनको तेस्रो ठूलो शहर सियान र बुटवल उप-महानगरपालिका बिच भगिनी सम्बन्ध स्थापित गर्ने विषयमा नेपालका लागि चीनका राजदूत र बुटवल उप-महानगरपालिकाका प्रमुख शिवराज सुवेदीबिच औपचारिक समझदारी पत्रमा हस्ताक्षर गर्दै समझदारी पत्र आदान प्रदान गर्ने ऐतिहासिक काम सम्पन्न भएको छ

बुटवल उप-महानगरपालिकाको सहयोगमा निर्माण भएका हरित गृहहरुमा प्राङ्गारिक खेती मार्फत तरकारी उत्पादन गर्दै किसानहरु

, ,

मोतिपुर सेमलार लगायत स्थानहरुका ४१ जना किसानहरुलाई बुटवल उप-महानगरपालिकाले अनुदान उपलब्ध गराई ४१ वटा ग्रीन हाउस निर्माण गर्ने काम सम्पन्न भएको छ । साथै उक्त ग्रीन हाउसहरुमा तरकारी उत्पादन गर्ने काम समेत भईरहेको छ ।

, ,

बुटवलले मुलुकमै पहिलो पटक स्थानीय सरकारको रुपमा नगर प्रहरीलाई प्रहरी तालिम केन्द्र मार्फत पेशागत, सैद्धान्तिक र व्यवहारिक लगायत प्रहरीको आधारभूत तालिम दिदै नगर प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान गरी दिक्षित गर्ने काम गरेको छ ।

, ,