FAQs Complain Problems

नगर परिषद सम्पन्न

मिति २०७१/०९/२५ गतेका दिन बुटवल उप-महानगरपालिकाको सभाकक्षमा कार्यकारी अधिकृत श्री ध्रुव बहादुर खड्काज्युको अध्यक्षतामा यस उप-महानगरपालिकाको आ.व. २०७२/०७३ को वार्षिक बजेट, नीति तथा कार्यक्रमका लागि नगर परिषद सम्पन्न भएको छ l उप-महानगरपालिकाका सम्पूर्ण कर्मचारीको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको संचालन श्री राम प्रसाद अर्यालले गर्नुभएको थियो भने बिषयगत प्रस्तुति वरिष्ठ अधिकृत श्री शिव नारायण शाहले दिनुभएको थियो l