FAQs Complain Problems

नयाँ विषयहरु

विज्ञापन कर

बुटवल उप-महानगरपालिकाले आर्थिक वर्ष २०७२/०७३ का लागि कायम गरेको बिज्ञापन कर सम्बन्धि विस्तृत जानकारी लिनको लागि तलको "Read more" बटन क्लिक गर्नुहोस् ।

क्र. सं.  विवरण  ०६७/०६८ प्रति वर्ग फिट  ०६८/०६९ प्रति वर्ग फिट 
पटके रु. वार्षिक रु. पटके रु. वार्षिक रु.
१  होर्डिंग बोर्ड, नियोन साइन तथा अन्य ठुला विद्युतीय बोर्डहरु        -    ३०/-     -     ५०/-
२  ग्लो साइन बोर्ड, डी.पी.एस. बोर्ड आदि        -     २५/-      -     ३५/- 
३  भित्ते लेखन      ५/-     १५/-      ५/-     २५/-
४  तुल, ब्यानर      ५/-      -     ५/-        -

नोटः

  •   कुनै पनि प्रकारका विज्ञापन गर्दा न.पा.बाट पुर्व स्वीकृति लिएर मात्र गर्ने पर्नेछ ।
  •   नेपाल सरकारको नीति बमोजिम सार्वजनिक स्थलमा विज्ञापन गर्न बन्देज गरेका -मादक पदार्थ, सूर्तिजन्य) जस्ता बस्तुहरुको विज्ञापन गर्न पाइने छैन ।
  •   यातायात सवारीका साधनहरुको विक्री प्रयोजनका लागि हुने विज्ञापनमा २५ प्रतिशत थप गरी लिईने छ ।
  •   होटल तथा व्यापार व्यवसायको प्रवर्द्धन सम्बन्धी विज्ञापनहरुमा माथि उल्लेखित दररेटमा कर लिईने छ ।
  •   विभिन्न संघ संस्थाहरुबाट हुने सेवामूलक प्रचार प्रसारका सामाग्रीहरुमा उल्लेखित दरमा ५० प्रतिशत छुट दिईने छ ।
  • नेपाल सरकारका तर्फाट हुने जनचेतना अभिबृद्धिमुलक सूचना प्रचार प्रसारका सामाग्रीहरुमा विज्ञापन कर लिईने छैन ।
  •  व्यापार व्यवसाय वा कार्यालय रहेको स्थानको परिचयपाटीको हकमा विज्ञापन कर लिईनेछ ।
  •  उल्लेखित दररेट र आकार प्रकारका आधारमा विज्ञापनका लागि स्वीकृत दिंदा न्युनतम रु. ५०/- मा नघर्टाई लिईनेछ ।
  •  स्वीकृत नै नलिई राखिएका विज्ञापन सामाग्री हटाउने र स्वीकृती दिन उपयुक्त ठानिएमा लाग्ने करको शत-प्रतिशत बराबर जरिवाना लिई स्वीकृती दिन सकिनेछ ।
  •  निजी स्वामित्वको स्थानमा विज्ञापन सामाग्री राख्दा सम्बन्धित सरोकारवालाको सहमति प्राप्त गर्नु पर्नेछ । त्यस्तो ठाउ“मा गरिने विज्ञापन करमा ५० प्रतिशतसम्म छुट दिईनेछ ।
  •  स्वीकृत समयावधि भित्रै अर्को थप समयावधिका लागि नविकरण गर्न आउनेलाई लाग्ने दस्तुरमा २५ प्रतिशतत दिईनेछ ।
  •  पटके समयावधि भन्नाले बढीमा १ महिनासम्मका लागि स्वीकृत प्राप्त समयावधिलाई मानिनेछ ।
  •  विज्ञापन गर्नेले स्वीकृत समयावधी समाप्त हुँदा गरिएको विज्ञापन स्वयंले हटाउनु/मेटाउनु पर्नेछ ।