नयाँ विषयहरु
बुटवल रोजगार मेला सम्बन्धी सूचना
सहभागी हुनका लागि आमन्त्रण
रोजगारीको खोजीमा रहेका व्यक्तिहरू र रोजगारदाताहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। हाम्रो आगामी रोजगार मेला बुटवलमा यहि मिति २०८२/०३/१८ गते दियालो फुडल्यान्ड कालिकानगर -११ बुटवलमा हुन गईरहेको हुदा सहभागी भई आफ्नो करियरको उज्ज्वल भविष्यको बाटो पहिल्याउनु हुन आमन्त्रण गर्दछौ ।
१) रोजगार खोजीमा रहेका व्यक्तिहरूका लागि:
- प्रत्यक्ष रूपमा विभिन्न कम्पनीहरूसँग अन्तर्वार्ता गर्ने अवसर।
- बजारमा उपलब्ध विभिन्न रोजगारीको जानकारी।
- सीधा रोजगारदाताहरूसँग सम्पर्क गर्न सक्ने मौका ।
- बायोडाटा समीक्षा तथा सुधारको लागि विशेषज्ञहरूको सहयोग।
२)रोजगारदाताहरूका लागि:
- उपयुक्त तथा योग्य उम्मेदवारहरू भेट्ने अवसर।
- प्रत्यक्ष अन्तर्वार्ता लिने व्यवस्था।
- आवश्यकताअनुसार तालीम प्राप्त गराउन सकिने व्यक्तिहरूको पहिचान।
- कम्पनीको प्रतिष्ठा र आकर्षण वृद्धि गर्ने मौका।
आशा छ, तपाईँहरूलाई यो रोजगार मेला लाभदायक हुनेछ र तपाईँहरूको उज्ज्वल भविष्यको लागि नयाँ ढोका खुल्ने छ
*दर्ता को लागि तल दिईएको लिन्कमा जानुहोस ।
यस अवसरलाई नगुमाउनुहोस् र आफ्नो भविष्य निर्माण गर्नको लागि अहिले नै दर्ता गर्नुहोस्।
साथै याे सुचना सम्वन्धित सराेकारवालाहरूमा सेयर गरी मेला संचालनमा सहयाेग गर्नुहुनका लागि सवैमा अनुराेध छ ।
https://docs.google.com/forms/d/e/1FAIpQLSdmCSPkwjmGZvmOx0v2jlGMzXNcQSYw...